1
1
Kendrabindu - News & Articles from Nepal

ज्ञान महर्जन अर्थात् ‘नेपाली प्याडम्यान’

1
1
1
1
1
1
1

समाज परिवर्तनशील छ । योसँगै मानिसका आवश्यकता पनि परिवर्तन हुँदैछन् । जसले सामाजिक बन्धनमा पनि सुधार ल्याउँदैछ । समाजले नपचाएको रजश्वला भएको समयमा महिलाहरुको उपस्थितिलाई आधुनिक समाजले विस्तारै स्वीकार गर्दैछ । छौपडीमा बस्नु पर्ने बाध्यताहरु विस्तारै हट्दैछन् । छुनै नहुने अवस्थामा सुधार आउँदैछ । बढी नै स्याहार र रेखदेख चाहिने समयमा घरपरिवारसँग टाढा रहनु पर्ने बाध्यताले पिल्सिएका रजश्वला भएका महिला अब भने सामाजिक एकताले नजिकिँदैछन् । 

मानिसहरु सबैको आफ्नै सोँच हुन्छ । आफ्नै सपना हुन्छ । कोही ठूलो सपना लिएर आउँछन् त कोही सानो सपना पूरा गर्न तिर लाग्छन् । मानिस अनुसार सपना पनि फरक–फरक हुन्छन् । कोही समाजको समस्या हेरेर परिवर्तन गर्नतिर लाग्छन् त कोही अरुनै सपना पूरा गर्नतिर लाग्छन् । समाजमा हुने हिंसा र अन्य कुराहरुलाई पनि कोही कोहीले परिवर्तन गर्न खोज्छन् । समाजमा महिलाका समस्या बुझेर समाधान गर्न खोज्नु पनि मानिसको सपना नै हो । 

समाज परिवर्तन भएसँगै रजश्वला भएको समयमा प्रयोग हुने सामग्रीमा सुधार आएको छ । आफैंले लगाएर पुरानो भएका कपडा रजश्वला भएका समय प्रयोग गर्ने महिलाहरु अहिले अत्याधुनिक प्याडको प्रयोग गर्न थालेका छन् । त्यसले कामकाजी महिलालाई सहजमात्रै छैन ढुक्क भएर हिड्न सक्ने पनि बनाइदिएको छ । प्याडको प्रयोगले विभिन्न संक्रमणबाट पनि उनीहरुलाई बचाउँदै आएको छ । त्यहीँ प्याड नेपालमा सस्तोमा बनाउन सकिने भए पनि कच्चा पदार्थको अभाव र राज्यको उदाशिनताका कारण महँगो रकम तिरेर विदेशबाट आयत भइरहेको छ । 

गाउँगाउँसम्मका महिला विदेशबाट आयातित महँगो प्याड खरिद गरेर प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । अझै पनि गाउँका अधिकांश महिला कपडाको टालो प्रयोग गर्न बाध्य छन् । गाउँका महिलाहरुको त्यहीँ चाहाना पूरा गर्ने उद्धेश्यसहित एक दिन ललितपुरका ज्ञान महर्जन महिलाका लागि दीप बनेर आए । ज्ञान महर्जन अर्थात् नेपालका प्याडम्यान । 

ललितपुरको खोकनाका जन्मिएका ज्ञान वास्तवमै महिलाहरुका लागि ज्ञान बने । उनले दिएको उपहारले हजारौं महिलाको स्वास्थ्य सुरक्षा गरेको छ अझ भनौं जीवन रक्षा गरेको छ । दिनचर्या सहज बनाइदिएको छ । आफूले बनाएको सुतीे कपडाको प्याड देशविदेशमा पु-याइरहेका छन् । 

महिलालाई सहज होस्, कुनै इन्फेक्सन नहोस् भनेर प्याड बनाउन सुरु गरे । सानैदेखि महिलामाथि हुने हिंसाप्रति नजर लगाउँदै आएका उनी अहिले महिलालाई महिनैपिच्छे हुने समस्या समाधानको सारथी बनिरहेका छन् । यति मात्र नभएर देशका ५० भन्दा बढी जिल्लामा गएर महिलालाई तालिम दिईसकेका छन् । भन्छन्,‘ महिलाले लगाउने प्याड भनेको एकछिनलाई मात्र सहज भएर हुँदैन । पछिको लागि विभिन्न रोग निम्त्याउनुका साथै खर्चमा समेत वृद्धि भएर जान्छ । त्यसैले यस्तो समस्याहरुको समाधानका लागि र महिलामा जनचेतना फैलाउनका लागि मैले सजिलो प्याड निर्माण गर्न सुरु गरेँ । प्याड प्रयोग गर्दा पछिसम्मको कुरा हेर्नुपर्छ । सबै कुरालाई बिचार गर्नुपर्छ । त्यसैले विदेशबाट आयात हुने प्याड प्रयोग गर्नुभन्दा यहीँ नेपालमा बन्ने प्याड नै प्रयोग हुन्छ । त्यो भन्दा पनि घरमा भएको कपडा नै प्रयोग गर्दा राम्रो हुन्छ ।’

महिलाहरुको स्वास्थ्य र आर्थिक विकासका लागि विदेशी प्याडहरुको आयात बन्द गर्नुपर्ने बताउँछन् महर्जन । 

कसरी सुरु भयो प्याड बनाउने अभियान ?
सानैदेखि सामाजिक कार्यमा सक्रिय उनले ठुलो भएपछि पनि समाजमा केही गर्छु भन्ने सोँच बनाएका थिए । जब उनी कलेजमा पुगे साथीभाइबीच समाजका लागि केही गर्नुपर्छ भन्ने छलफल चल्यो । त्यतिबेला उनी ११ कक्षामा पढ्थे । उनले समाजमा केही परिवर्तन गर्न जनचेतना मूलक काम गर्ने बारे सोच्न त थाले तर के गर्ने केही थाहा थिएन । उनीहरुले समाजमा महिला हिंसा देखिरहेका थिए । त्यसैले सोचे की यस्ता कुरामा चनचेतना फैलाउन सकियो भने राम्रो हुन्छ । समाजमा केही न केही त परिवर्तन हुन्छ र गर्छु । अनि त उनीहरूले सोँचे यस्ता कुरामा समाजमा जनचेतना जगाउनु पर्छ । उनी भन्छन्, ‘म त्यतिबेला १९ वर्षको थिए । तर त्यतिवेला नै म त्यो (समाजमा जनचेतना फैलाउने) काममा सक्रिय भएर लाग्न थाले तर थाहाँ थिएन मलाई अहिले यस्तो हुन्छ भनेर ।’ महर्जनको टिमले पहिलो महिला तथा युवतीमाथि हुने लैङ्गिक हिंसाका बारेमा जनचेतना जगाउनुपर्छ भन्ने सोचेर संस्था दर्ता गरेरै यस्तो काम गर्न सकिन्छ भनेर सल्लाह दियो । त्यसपछि उनीहरूले सन् २००७ मा ‘एक्सपोज नेपाल’ नामक संस्था दर्ता गरे । 

सन् २०१४ बाट रजस्वलाका मुद्दाहरू छलफलमा आउन थाले । २०१५ को डिसेम्बर १५ मा यसैलाई लिएर हुने छुवाछुतका घटनालाई पनि महिलामाथि हुने एकप्रकारकोे हिंसा हो भन्ने ठहर गर्‍यो, महर्जनको टिमले । उनी भन्छन्, ‘यतिबेला हाम्रो काम दुईवटा थियो, यौनहिंसा र रजस्वलाका नाममा हुने अर्को हिंसा । यसबारेमा अध्ययन तथा जानकार व्यक्तित्वसँग पनि कुराहरु गर्यौ । त्यसपछि काम सुरु गरिहाल्यौँ ।’ उनीहरूले २०१६ मा केही स्कुलका विद्यार्थीहरू भेला पारेर ‘महिनावारी पाप होइन’, ‘स्वच्छ महिनावारीका बारेमा बोलौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा नगर परिक्रमा गरेका थिए । उनीहरूले गरेको त्यस्तो कार्यक्रम देखेर केही व्यक्तिहरूले यसमा छात्रहरूलाई पनि सामेल गर्नुपर्छ भनेर सल्लाह दिए ।

म त भन्छु बाहिरबाट आएको प्याडभन्दा महिला दिदीबहिनीले आफ्नो घरमा भएको सफा कपडा नै प्रयोग गरुन् । यस्तो गर्दा उनीहरुको स्वास्थ्यमा पर्ने असर पनि कम हुनुका साथै आर्थिक समस्या झेल्नुपर्दैन । हामीले बजारीया प्याडले ल्याउने विभिन्न समस्याका बारेमा सचेतना जगाउँदै र ह्यान्ड मेड प्याडको तालिम अहिलेसम्म ५० भन्दा बढी जिल्लामा गएर दिइसकेका छौँ ।

त्यही काम गर्दागर्दे विदेशी साथी र नेपाली साथीको सहयोगमा महिलाहरुको पीडालाई केही सहज बनाउन प्याड निर्माण गर्ने कुरा तिर लागे । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा देशभरीका स्कुलकलेजमा पढ्ने छात्राका लागि निःशुल्क प्याड वितरण गर्ने घोषणा गर्‍यो । तर ती प्याडहरु पनि केही विद्यालयका विद्यार्थीहरुले प्रयोग गर्न छाडिसकेका छन् । ज्ञान महर्जन भन्छन्, ‘सरकारले निःशुल्क प्याड त दियो तर त्यसको बारेमा कहिले बुझेन । त्यस्को असर बुझेन । विद्यार्थीहरुले अहिले यस्तो प्याड प्रयोग गर्न छाडिसके । किनकी पहिलेदेखि कपडा प्रयोग गर्दै आएकाहरु एक्कासी कसरी प्रयोग गर्छन् त त्यो । अनि सहज खालको प्याड प्रयोग गर्न लगाउनुपर्छ । उनीहरुलाई विभिन्न तालिम दिनुपर्छ । म त भन्छु बाहिरबाट आएको प्याडभन्दा महिला दिदीबहिनीले आफ्नो घरमा भएको सफा कपडा नै प्रयोग गरुन् । यस्तो गर्दा उनीहरुको स्वास्थ्यमा पर्ने असर पनि कम हुनुका साथै आर्थिक समस्या झेल्नुपर्दैन । हामीले बजारीया प्याडले ल्याउने विभिन्न समस्याका बारेमा सचेतना जगाउँदै र ह्यान्ड मेड प्याडको तालिम अहिलेसम्म ५० भन्दा बढी जिल्लामा गएर दिइसकेका छौँ । अझै पनि सबै जिल्लामा गएर तालिम दिने कोशिसमै छौँ । हाम्रो सजिलो प्याड त लगभग सबै जिल्लामा गइसकेको छ । हाम्रो मान्यता भनेको सबैले यही हामीले बनाएको सजिलो प्याड नै लगाउनुपर्छ भन्ने छैन । तर घरमा भएको सफा कपडालाई प्रयोग गरे हुन्छ ।’

सजिलो प्याड कसरी तयार हुन्छ ?
उनीहरूले प्याडको भित्रपट्टी फलाटिनको कपडालाई लाइनर न्यापकिनको रुपमा प्रयोग गर्छन् । रुमालजस्तो बनाएर । बाहिर शुद्ध कटन हुन्छ । त्यसमा बटन लगाएर भित्रि वस्त्रको दुईपट्टी लगाउन मिल्ने गरी बनाइन्छ । त्यसका लागि कपडा भारतबाट ल्याइन्छ । तर अहीले भने प्याडमा आधाजसो नेपाल कै कपडा प्रयोग हुन थालेको महर्जन बताउँछन् । 

‘किताब पढ्नु मात्र पढाइ होइन । पढाइ त त्यो हो जसले जीवनको परिभाषा बुझ्छ । त्यसैले पढ्नु भन्दा पनि पढेको कुरा व्यवहारमा उतार्नु ठूलो कुरा हो । म सँधै आफ्नो काममा तत्पर भएर लागेँ । त्यसैले पनि होला खासै पढाइमा ध्यान नै गएन । त्यसैले पढ्न छाडिदिएँ ।’

महर्जनका अनुसार महिलामा हुने ८० प्रतिशत समस्या प्याडका कारण पनि भएका छन् । त्यस्तै त्यसको सही प्रकारले नियन्त्रण नगर्दा ट्वाइलेटका बेसिन थुनिने, सहरका नाली तथा ढलहरू थुनिने, यसमा हुने हाइ केमिकलका कारण माटोमा समस्या, बालीमा समस्या र जलाउँदा वातावरणमा समस्या देखिने गरेका छन् । यस्तो समस्या कम गर्न पनि सजिलो प्याड प्रयोग गर्नुपर्ने उनको बुझाइ छ । 

मर्हजनले पहिलादेखि नै धेरै दुःख गरे । स्कुल होस् या कलेज संघर्ष नगरेको पल नै छैन । यहाँसम्म आउन र नाम चिनाउन उनले धेरै नै मेहेनत गरेका छन् । कम्पनी चलाएन थालेपछि पनि सहज त कहाँ थियो र ? कहिले फुका चिउरा मात्र ले भोक टारे त  कहिले पानी विस्कुट । अनि घर जाने पैसा नभएर करिब १ घण्टाको बाटो कति पटक हिँडे लेखाजोखा नै छैन । अहिले उनी भैंसीपाटीमा रहेको आफ्नै घरबाट कार्यालय चलाउँछन् । आफ्नो अफिसमा १० जना र कम्पनी बाहिर (घर–घरमा) ५० जनाभन्दा बढीलाई रोजगारी दिइरहेका छन् । भन्छन्, ‘ प्याड लगाउनु त फाइदा भै हाल्यो तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा तर आफूले बनाएको प्याड प्रयोग गर्नु फाइदा हुन्छ । हामीले यहाँ तालिम, सिप सिकाएर उनीहरुको जीवनमा धेरै कुराको फाइदा हुन्छ । आर्थिक अवस्थामा सहयोग हुन्छ । एक जनाले महिनामा २० देखि २५ हजार कमाइरहेको हुन्छ । कपडा सबै यहीँबाट दिने हो । उनीहरुले बनाएर ल्याउने मात्र हो । पहिले यही सिकाइन्छ । त्यसपछि ३ चरण पास गरेपछि मात्रै उनीहरुलाई छानेर प्याड बनाउने कपडा दिइन्छ । मेरो मान्यता नेपाली दिदीबहीनीलाई काम दिउँ र थोरै भए पनि सहयोग होस् भन्ने हो । त्यसैले राज्यले पनि यस्तो कुरामा ध्यान दिन जरुरी छ ।’

ज्ञानले फाइन आर्ट कलेजमा आर्ट र पाटन क्याम्सबाट ब्याचलर्स गरेका छन् । उनले धेरै शिक्षा हासिल नगरे पनि आफ्ना छोराछोरीलाई पढाउने सोच बनाएका छन् । किताबका पानाहरु नपढे पनि ज्ञानले जीवन भोगाइका प्रसस्तै ज्ञान लिएका छन् । भन्छन्, ‘किताब पढ्नु मात्र पढाइ होइन । पढाइ त त्यो हो जसले जीवनको परिभाषा बुझ्छ । त्यसैले पढ्नु भन्दा पनि पढेको कुरा व्यवहारमा उतार्नु ठूलो कुरा हो । म सँधै आफ्नो काममा तत्पर भएर लागेँ । त्यसैले पनि होला खासै पढाइमा ध्यान नै गएन । त्यसैले पढ्न छाडिदिएँ ।’

महर्जनको काम कोरोना महामारीमा ठप्पै भयो । कोरोेनाको पहिलो लहरमा त केही आश नै राखेनन् । तर दोस्रोमा खासै असर गरेन । अहिले उनको काम पहिलेकै लयमा फकिएको फर्किसकेको छ । 

ज्ञान महर्जन र उनको टिमले उत्पादन गरेको नेपाली प्याडलाई फिनटेक कम्पनी दराजले बजारीकरण गरिदिएको छ । भन्छन्,‘नेपालमा एक महिनामा हजार प्याकेटभन्दा बढी बिक्री हुन्छ । विदेशमा पनि गइरहेको हुन्छ । सबैभन्दा बढी जर्मनीमा जान्छ । नेपालमा पनि विभिन्न ठाउँमा बिक्री हुन्छ । दुर्गम क्षेत्रसम्म पनि पुग्छ । ग्रामिण भेगका महिलाहरु बढी नै सचेत भएर पनि होला, माग दिनप्रतिदिन बढ्दो छ ।’ ज्ञानले निर्माण गरेका प्याड २ वर्षसम्म प्रयोग गर्न मिल्छ । प्रयोग कसरी गर्ने विधिसमेत प्याडको खोलमा लेखेकै हुन्छ ताकि प्रयोगका समयमा कुनै द्विविधा नहोस् ।

छुटयो कि ? समाज

प्रकाशित: १६ असोज २०७९ १२:१८ आइतबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी