गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले गरे सपथग्रहण

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले गरे सपथग्रहण

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा गुरुङ र पुनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो। छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो।

सरकारको निर्णयसँगै गुरुङले पुनः गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् ।

त्यस्तै, स्वतन्त्र सांसद पुनलाई सरकारले थप गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको हो । पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।

Logo