काठमाडौं । वैदेशिक अध्ययनका लागि जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक परामर्शदाता संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले आयोजना गरेको ‘स्टडी इन जापान बुटक्याम्प ३.०–सिजन ५’ आज भव्यताका साथ सम्पन्न भएको छ ।
बागबजारस्थित इन्लाइटनको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालित उक्त बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले जापानका विभिन्न भोकेसनल स्कूल, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने सुनौलो अवसर प्राप्त गरेका थिए ।
कार्यक्रममा टोकियो, फुकोकालगायतका सहरबाट आएका शैक्षिक संस्थाका प्रतिनिधिहरूले अक्टोबर इन्टेकका लागि अन्तिम चरणको अन्तर्वार्ता समेत सञ्चालन गरेका थिए । साथै, जापानबाट अध्ययन पूरा गरी फर्केका व्यक्तित्वहरूले विशेष सेसनमार्फत जापानको प्रोसेसिङ, आवश्यक कागजात, पठनपाठन शैली, तथा सुरुवाती चरणमा ध्यान दिनुपर्ने पक्षहरूबारे विस्तृत अनुभव साझा गरेका थिए । जापानी भाषा परीक्षाका विभिन्न स्वरूप जेएलपीटी, न्याट, जेएलसिटी, जे सर्ट—को टेस्ट संरचना, लेभल र तयारी रणनीतिबारे पनि सहभागीहरूलाई प्रस्ट जानकारी गराइएको थियो ।

बुटक्याम्पमा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकले सहभागीहरूका लागि विभिन्न आकर्षक अफरहरूको समेत व्यवस्था गरेको थियो, जसमा स्कलरसिप अवसर, अनस्पट डिस्काउन्ट, २० प्रतिशत विशेष छुट, रिचार्ज कार्ड, फ्रि स्न्याक्स तथा गिफ्ट ह्याम्पर समावेश थिए ।
इन्लाइटनकी एक्जुकेटिभ डाइरेक्टर सीता भट्टराईले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै भनिन्, “हामीले अक्टोबर इन्टेककै लागि अन्तिम अन्तर्वार्ताका रूपमा जापानको एक भोकेसनल स्कूलको प्रतिनिधिलाई निम्त्याएका थियौँ । साथै, सन् २०२७ को जनवरी र अप्रिल इन्टेकलाई लक्षित गरी जापान जान खोज्ने विद्यार्थीहरूलाई प्रोसेसिङ, डकुमेन्टेसन, त्यहाँको पढाइ शैली र सुरुवाती तयारीका हरेक पक्षबारे पूर्ण जानकारी दिने उद्देश्यले यो आयोजना गरिएको हो ।”

उनले राम्रो उपस्थितिले विद्यार्थीहरूले प्रतिनिधिहरूबाट जानकारी लिई आफ्नो अन्योल स्पष्ट पारेको महसुस गरेको बताइन् ।
संस्थाले विगत १७ वर्षदेखि युके, युएसए, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र जापानका लागि प्रमाणित परामर्श सेवा दिँदै आएको उल्लेख गर्दै भट्टराईले विद्यार्थीलाई साथीभाइको लहलहैमा नभई आफ्नो शैक्षिक पृष्ठभूमिसँग मेल खाने देश र पाठ्यक्रम छनोट गर्न आग्रह गरिन् ।
“पूर्ण जानकारी लिएर मात्र प्रक्रिया सुरु गर्दा आकस्मिक समस्याबाट जोगिन सकिन्छ,” उनले भनिन् ।

इन्लाइटनले जापानका लागि जापानी भाषा कक्षा तथा युके, अस्ट्रेलियालगायतका गन्तव्यका लागि आइएलटिएस, पीटीई, टोफेल, स्याट तयारी कक्षाहरू पनि सुलभ मूल्यमा सञ्चालन गरिरहेको जानकारी दिइएको छ । यसअघि संस्थाले जेठ ७ गते प्लस टु उत्तीर्ण विद्यार्थीहरूका लागि ‘टेस्ट प्रिपेरेसन बुटक्याम्प सिजन १.०–सिजन ५’ समेत सफलतापूर्वक सम्पन्न गरेको थियो । आगामी जुन २६ मा युके केन्द्रित अर्को विशेष कार्यक्रम गर्ने तयारी रहेको पनि कार्यकारी निर्देशक भट्टराईले जानकारी गराइन् ।





























प्रतिक्रिया