मनाइयो महाकवि देवकोटाको ११४औं जन्मजयन्ति

मनाइयो महाकवि देवकोटाको ११४औं जन्मजयन्ति


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्ति धुमधामका साथ मनाइएको छ ।

काठमाडौंको संचारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलबार आयोजित कार्यक्रममा महाकवि देवकोटाको पूर्ण कद्को शालिकमा माल्यार्पण गरेर जन्मजयन्ति मनाइएको हो । त्यस अवसरमा साहित्यकारहरुले महाकवि देवकोटालाई समर्पित गरेर कविताहरु बाचन गरेका थिए ।
 
कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले महाकवि देवकोटा नेपालको मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती प्राप्त साहित्यकार भएको उल्लेख गरे । उनले देवकोटाले बनारस बसेर कष्टका साथ रचना गरेका साहित्यले ठूल्ठूला खण्डकाब्यको रुपमा लिएको पनि स्मरण गराए ।  

कार्यक्रममा कविशिरोमणि लेखनाथ पौडेल र नाट्य सम्राट बालकृष्ण समको पनि पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो । 

महाकवि देवकोटाको जन्म विक्रम संवत १९६६ साल कातिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौंको डिल्ली बजारमा भएको थियो । तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाको साँहिला छोराको रुपमा जन्मिएका महाकवि देवकोटा शिक्षामन्त्री समेत बनेका थिए । उनको २०१६ साल भदौं २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा क्यान्सरको कारणले निधन भएको थियो ।  

Logo