1
1
1
1
1

0 Shares

नेपाल आइडलका अस्मिता र रविको युगल गायन (भिडियो सहित)

1
1
1
1
1
1

काठमाडौं,

नेपाल आईडलका गत सिजनका विजेता रवि ओड र अस्मिता अधिकारीले गायनमा सहयात्रा गरेका छन् । उनीहरुले कृष्ण केसीको एक गीतमा गायनमा साझेदारी गरेका हुन् । रवि र अस्मिताको युगल आवाज रहेको उक्त सार्वजनिक गीतमा लोकप्रिय संगीतकार हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ ।

छ्याप्प समाउँदै बोलको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन् । बुद्ध थापाले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । यस्तो छ गीतको म्यूजिक भिडियो :

प्रकाशित: २० भदौ २०७६ २०:४१ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी