‘काचा बदाम’ बाट चर्चामा आएका गायक भुवन के गर्दैछन् ?

‘काचा बदाम’ बाट चर्चामा आएका गायक भुवन के गर्दैछन् ?


गीत ‘काचा बादाम’ बाट रातारात स्टार बनेका गायक भुवन बादायकरलाई सबैले सम्झिएकै होलान् ।

उनलाई लोकप्रिय बनाउने काम अञ्जली अरोडाले गरिन् । किनकी भुवनकै गीतले अञ्जली पनि चर्चित बनेकी थिइन् । यिनै भुवन आफ्ना फ्यानमाझ नयाँ एलबम लिएर कमव्याक गर्दैछन् । उनले आफू गायनमा सक्रिय हुनका लागि बदाम नबेच्ने निर्णय लिएका छन् । भुवनलाई बदाम बेच्ने शैलीले चर्चित बनाएको थियो । बदाम बेच्ने काम र त्यही गीतले उनको आर्थिक स्तर माथि ल्याएको थियो । तर गत मेमा भएको कार दुर्घटनापछि उनी गुमनाम बनेका थिए । यद्यपि अलिहे उनी स्वस्थ छन् र एलबम रिलिजको तयारीमा छन् ।

उनको एलबममा तीन गीत छन् । जुन गीत जीवनको यात्रामा आधारित छ । ‘मैले एलबमको नाम ‘अब म बदाम बेच्दिनँ’ राखेको छु । यो एलबममा म कसरी लोकप्रिय भएँ भन्ने कुरा समावेश गरिएको छ । मैले यो काम गर्न नचाहेको होइन, तर म सँग यो कामका लागि पर्याप्त समय छैन । म अब आफ्नै जीवन जिउन चाहन्छु’, उनले भनेका छन् । भुवनका अनुसार उनको अहिले गाडी छ । उनी सोही गाडीमा घुमिरहन्छन् । भुवन अभी जात्रा नामको थिएटर ग्रुपसँग जोडिएका छन् ।

एजेन्सी

Logo