गायक सचिन एक वर्षका लागि ओएसआरमा अनुबन्ध

गायक सचिन एक वर्षका लागि ओएसआरमा अनुबन्ध


आफ्नो उत्पादनमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा अभिनय गर्न ओएसआर डिजिटलले गायक आशीष सचिनलाई एक वर्षका लागि अनुबन्ध गरेको छ । आशीषका ‘दारी फुल्यो वैँशैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

ओएसआरले गायक आशीषलाई एक वर्षका लागि वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो । एक वर्षको अवधिमा ओएसआरसँग गायक आशीषले आठवटा गीतसहित वर्षभरि आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशीषले लगातार ओएसआरमार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन् ।

गायन सँगसँगै म्युजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशीषले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो ‘छमक छमक तेरी पाउजुले’ हो ।

गायक आशीषको ‘दारी फुल्यो वैँशैमा’ बोलको गीतले करिब नौ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ । जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतमा पर्छ ।

Logo