गीतकार पर्शुराम दाहालको “यात्रा जिन्दगी” लोकार्पण

गीतकार पर्शुराम दाहालको “यात्रा जिन्दगी” लोकार्पण


गीतकार पर्शुराम दाहालको “यात्रा जिन्दगी”को लोकार्पण भएको छ । 

शुक्रबार काठमाडौंमा निता निरौला दाहालको सभाध्यक्ष र कवि चुडामणी देवकोटाको प्रमुख आतिथ्यमा गीति एल्बम “यात्रा जिन्दगी”को लोकार्पण गरिएको हो । 

माया, प्रेमसँगै जीवन दर्शनलाई प्रवल रूपमा राखिएको गीति एल्बममा राष्ट्रभावलाई प्रखर रूपमा उठाइएको छ । गीतकार दाहालले गीतमार्फत कला, संस्कृति र भाषाको जगेर्ना गर्ने प्रयास गरेको बताए । 

गितमा मिलन नेवार, बानिका प्रधान, आनन्द कार्की, रामकृष्ण ढकाल ,स्वरूपराज आचार्य, शक्ति बल्लव र सुमित खड्काले आवाज दिएका छन् । 

पछिल्लोसमय गीत संगीतमा भएको विकृतिको व्यंग्य गर्दै वरिष्ठ संगीतकार चुडामणि देवकोटाले गीतकार दाहालसँगै यात्रा जिन्दगीको सम्पूर्ण टिमलाई शुभेच्छा प्रकट गरेका छन् । देवकोटाले एल्बमले मानव हृदयलाई स्पर्श गर्ने बताएका छन् । 

एल्बमका संगीतकार शक्ति बल्लभ रहेका छन् । संगीतमा विविधता ल्याउने प्रयास गरिएको छ । 

Logo