को हुन् हृदयेश त्रिपाठी ?

को हुन् हृदयेश त्रिपाठी ?


संसदीय राजनीतिका चर्चित खेलाडी हुन् हृदयेश त्रिपाठी । २०७० को दोस्रो संविधानसभा निर्वाचनबाहेक ४८ सालयता सबै चुनाव जितेका त्रिपाठीको हक्की स्वभाव सामु कसैको पनि जोर चल्दैन । 

सुरुमा वामपन्थी विचारधाराबाट प्रभावित त्रिपाठी बि सं २०३१ सालदेखि राजनीतिमा सक्रिए रहँदै आएका छन् । स्पष्ट बोली र अडानका कारण उनको राजनीतिमा पकड बलियो रहँदै आएको छ । विरोधीहरुलाई तर्क बलले सजिलै परास्त गर्ने स्वाभिमानी स्वभाव उनका शु्भचिन्तकहरुले बारम्बार भन्ने गरेका छन् ।नेपाली राजनीतिका कुशल खेलाडी मानिने त्रिपाठी यस पटक पनि नवलपरासी १ मा उम्मेदवार भएका छन् । चुनाव प्रचारका क्रममा नेता त्रिपाठी मतदाताका घर आँगनमा व्यस्त छन् ।

उनले यस क्षेत्रको स्वाभिमानलाई कहिल्यै झुक्न नदिने भन्दै आफूलाई अन्तिम पटक मतदान गरी विजय गराउन आग्रह गरेका छन् । नेता त्रिपाठीले व्यक्तिगत रहर र पैसाकै बलमा चुनाव जित्न नसकिने पनि बताएका छन् । जनता निकै जागरुक भैसकेकाले पैसा र विभिन्न प्रलोभनले काम नगर्ने पनि उनले बताउँदै आएका छन् । 

नवलपरासीमा वर्षौदेखि उखु किसानले भोग्दै आएको समस्या, केराखेतीको समस्या, बाढीको समस्या र बेरोजगारी समस्या समाधान आफ्नो प्रमुख लक्ष्य रहेको नेता त्रिपाठीले स्पष्ट गरेका छन् । आफू मधेशको पक्का धर्ती पुत्र रहेको र मधेशी जनताको हितका लागि सँधै लागिपर्ने नेता त्रिपाठीले प्रतिवद्धता जनाउँदै आएका छन् । 

गणतन्त्रअघि र पछि गरी उनले विभिन्न मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् । भूमिगत जीवन, निर्वासन र राजबन्दीका रुपमा जेल जीवन बिताएका त्रिपाठीले जस्तोसुकै आरोह अवरोहमा पनि टिक्न सक्ने क्षमता रहेको पुष्टि गरिसकेका छन् । नवलपरासीको समृद्धि यात्रामा उनको अविराम खटाइले यस पटक पनि जनअनुमोदन पाउनेमा उनी विश्वस्त देखिएका छन् ।

 

 

Skip This
Logo