1
0
Shares

आजबाट शुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

1
1
1

आजबाट काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुरु भएको छ । 

‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको आज (शुक्रवार) बाट शुरु भएको हो ।  काठमाडौंस्थित मण्डला थिएटरमा नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) भव्य उद्घाटन भएको हो । 

भारतकी सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी बनेकी थिइन् । १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम रहेका छन् । महोत्सवमा विश्वभरबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुने आयोजकले जनाएको छ । 

महोत्सवमा ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरुको सहभागिता रहेको छ । 

कार्यक्रममा बोल्दै अभिनेता अनुप बरालले पछिल्लो समय नाटकमा अभिनय गर्नेहरु सहजै पाउने गेपनि लेखक पाउन मुस्किल रहेको बताए । उनले नाट्य लेखनमा उदासिनता र शुन्यता आएको बताए । 

उनले भने, ‘नेपाली रंगमञ्चको पछिल्लो सिनारियो हेर्ने हो भने सधैँ खड्किने विषय नाटक लेखनको अभाव नै हो । किनभने जो पनि आउँछ अभिनेता बन्छु मात्रै भन्छ, नाटक निर्देशक बन्छु भनेर आउँछ तर नाटक लेख्ने मान्छे पाइँदैन । लेखक भन्नेकुरा दुर्लभ जन्तु जस्तै भयो । पछिल्लो समय लेखनमा एक किसिमको उदासिनता देखिएको छ । शुन्यता छाएको छ ।’
 
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । 

थिएटर

प्रकाशित: ९ मंसिर २०७९ १८:३२ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी