विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको फिनालेमा भाग लिन मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का जापानतर्फ प्रस्थान गरेकी छन् ।
दुई सातापछि हुने फिनालेमा भाग लिनका लागि मंगलबार राती न्यान्सी नेपाल वायुसेवा निगमको जहाज हुँदै टोकियोतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले शुभकामनासहित बिदाइ गरेका थिए ।
साथै मिस नेपाल आयोजक द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि त्यसतर्फ प्रस्थान गरेका छन् । यो प्रतियोगिता डिसेम्बर १३ मा टोकियोमा ६०औं संस्करणका रुपमा संचालन हुँदैछ, जसमा ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्नेछन् ।
सौन्दर्यप्रकाशित: १४ मंसिर २०७९ १९:२७ बुधबार