1
1
1
1

0 Shares

काठमाडौंमा अन्तर्राष्ट्रिय आर्ट प्रदर्शनी सुरु

1
1
1
1
1
1

काठमाडौं । काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रिय आर्ट प्रदर्शनी सुरु भएको छ । बिहीबार बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनी ३ गतेसम्म चल्नेछ ।

सर्वभारतीय संगीतओं संस्कृति परिषद्को आयोजना आयोजित कार्यक्रममा नेपाल, भारत र बंगलादेशका गरी ९० जना कलाकारको सहभागिता रहेकोछ । जसमा भारतका ७२, नेपालका १४ र बंगलादेशका ४ जना सहभागि छन् ।

बिहीबार राति सम्पन्न उद्घाटन समारोहमा नेपालका लागि बंगलादेशका राजदूतले सहभागि सबै कलाकारलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा कला परिषद् काठमाडौंका प्रतिष्ठित व्यक्ति सोसाइटी अफ मोर्डन आर्ट (शोमा) नेपालका सदस्यहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पेन्टिङ, ग्राफिक पेन्टस्, ग्राफिक डिजाइनका साथै फोटोग्राफीको प्रदर्शन गरिनेछ ।

 

प्रकाशित: १ कात्तिक २०७६ १२:५४ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी