कुमारी र एनसीसी बैंकले आजबाट एकीकृत कारोबार गर्दै

कुमारी र एनसीसी बैंकले आजबाट एकीकृत कारोबार गर्दै


कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर भएर आइतबारबाट एकीकृत कारोबार सुरु भएको छ ।

अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ । गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गिरएको थियो । बैंकहरुले गत असोज १० गते मर्जरमा जाने सम्झौता पिन गरेका थिए । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यता कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बै‌कहरुको एकीकृत कारोबार भएपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ स्वीकृति दिएका थिए भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएका थिए । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।
 

Logo