1
0
Shares

जिग्री-पाँडेविरुद्ध प्रहरीमा उजुरी

1
1
1

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ लगायतको समूहबिरुद्ध प्रहरीमा उजुरी गरेको छ । उनीहरु दुवैजनासहित नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी हालेको हो ।

यस विषयमा छलफल गर्न प्रहरीले बोलाएको छ । महानगरीय प्रहरी परिसर टेकुमा मिडिया हबले उजुरी हालेको हो । आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएकाले उजुरी गरिएको मिडिया हबका प्रमुख सोमप्रसाद धितालले जानकारी दिए ।

जिग्री, पाँडे, बले, कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन भएकोले ती क्यारेक्टरहरुमा आफ्नो मात्र हब लाग्ने उनको दाबी छ । तिनीहरुलाई स्थापित गराउन ठूलो लगानी गरिएको उनको भनाई छ । उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी नभइ क्यारेक्टरहरु प्रयोग गर्न बन्द गरिदिन माग गरेका छन् ।

भद्रगोलबाट छाडेपछि जिग्री(पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको थियो । यता सक्किगोनी टिमले भने भद्रगोलका सबै कलाकार आफ्नो उत्पादन भएको दाबी गरिएको छ ।

सक्किगोनिका निर्देशक समेत रहेका पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताए । मिडिया हबसँग गरिएको सम्झौता अनुसार पनि भद्रगोलले दाबी गर्नै नपाउने उनको भनाई छ ।

प्रकाशित: ३ कात्तिक २०७६ १४:०८ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी