नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शो भव्य रुपमा सम्पन्न भएको छ। हरेक पटक पृथक प्रस्तुतिकरणमा चिनिदैँ आएको ग्राजुएसन फेसन शोको पछिल्लो संस्करणमा पहिरनको सृजनामा विशेषता र नेपाली फेसन कार्यक्रममा पहिलो पटक रनवेलाई रिभल्भिङ अवधारणामा प्रस्तुति दिएको थियो ।
कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा -याम्पकाे एउटा निर्देशित स्थानमा मोडल उभिने वितिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैँ निर्देशित गतिमा गोलाकार रुपमा घुम्ने गरी व्यवस्था गरिएको थियो ।
क्रिएटिभ ड्रेस पहिरिएका मोडलकै हुबहु पहिरनशैलीमा करिब तीन फिट अग्लो पूतली पनि रनवेमा प्रस्तुत गरिएको र जुन दृष्य नेपाली फेसन रनवेमा फरक देख्न पाइएको थियो ।
१७ औँ संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘कल्पनम् सत्यतात्’ शीर्षकमा अनुभव गर्न पाइएको थियो ।
नमूना कलेजका संस्थापक प्रधानाध्यापक ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८३ जना नै थिए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई -याम्पकमा देख्न पाइएको थियो।
फोटो फिचर
प्रकाशित: २४ चैत २०७९ ०९:३२ शुक्रबार