सरकार मिलाउन माहिर प्रचण्ड नेतृत्व लिन भने सक्षम भएनन् -हिसिला यमी

सरकार मिलाउन माहिर प्रचण्ड नेतृत्व लिन भने सक्षम भएनन् -हिसिला यमी


नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् । 

सोमवार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यमीले यस्तो बताएकी हुन् । उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिन भने नसकेको बताइन् । 

उनले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गरिन् । उनले संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गरिन् । प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व नदिएको उनले आरोप लगाइन् । 

उपाध्यक्ष यमीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरुपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न ग्ररिन् । 

Logo