बुबा-छोरीको माया र मिठास मिसिएको ‘सुस्तरी सुस्तरी’मा गरिमा [भिडियो]

बुबा-छोरीको माया र मिठास मिसिएको ‘सुस्तरी सुस्तरी’मा गरिमा [भिडियो]


नयाँ वर्ष २०८० को अवसर पारेर व्यवसायी, फिल्म निर्माता एवं कलाकार भीम न्यौपानेले ‘सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

हाल अष्ट्रेलियामा रहेका कलाकार न्यौपाने अभिनित यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ । भिडियोमा बुबा–छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।  

हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई भुवन न्यौपानेले लेखेका हुन् । वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो। 

 

Logo