काठमाडौं । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् ।
जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् ।
उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले बुधवार दुवैको सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।
उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।
प्रकाशित: ९ पुष २०७६ १७:०६ बुधबार