सांसद गिरीको प्रश्नः पशुपतिमा पित्तलको जलहरी राखियो भन्ने आरोप सरकारको हो ?

सांसद गिरीको प्रश्नः पशुपतिमा पित्तलको जलहरी राखियो भन्ने आरोप सरकारको हो ?


नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले तत्कालीन केपी शर्मा ओलीको सरकारले पशुपतिनाथमा सुनको जलहरी राख्ने नाममा पितलको राखेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर आफ्नो धारणा राख्दै प्रमुख सचेतक गिरीले यही संसदमा तत्कालीन ओली सरकारमाथि आरोप लगाइएकोले यसबारेमा सरकारको धारणा के छ भन्ने प्रश्न गरे । उनले आरोप लगाउने नेकपा माओवादीका सांसद राजन दाहाललाई माफी मगाउनु पर्ने माग पनि गरेका थिए । 

प्रमुख सचेतक गिरीले भने, ‘ओली सरकारको पालामा पशुपति नाथको गजुरमा जलहरी लगाउने भनेर सुनको नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टचार भएको छ भन्ने जस्तो गम्भीर आरोप यहि सदनमा लागेको छ । तथ्यहीन जुन आरोप हामीमाथि लागिरहेको छ । त्यस विषयमा सरकारको धारण के हो ? सरकारले त्यो सुन हो की पित्तल हो भन्न्ने कुरा स्पष्ट ढंगले जानकारी दिनुपर्छ । यसरी तथ्यहीन तरिकाले आरोप लगाउनेलाई सदनमा माफी मगाउने काम गर्नु पर्छ । सदनबाट पनि त्यो आरोप हटाउनुपर्छ  ।’ 

Logo