१० लाखसम्मको सुन खरिदमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री महत

१० लाखसम्मको सुन खरिदमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको प्रष्टिकरण दिएका छन् । 

पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग शनिबारको भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले १० लाख भन्दाबढीको सुनमा मात्रै कर लगाइएको बताएका हुन् । 

व्यवसायीहरुले सोधेको जिज्ञासाको उत्तर दिँदै उनले भने, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स, जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।’ 

ट्राभल्र्समा नभई एयरलाइन्सलाई कर लगाइएको भन्दै उनले भने, ‘नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ । व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन ।’ 

काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुने भन्दै अर्थमन्त्री महतले मध्यम खालका उद्योगको प्रर्वद्धनमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ । यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं ।’ पर्यटन व्यवसायले लय पक्रन थालेको उनको भनाई छ । 

Logo