कोशी प्रदेशमा आज मुख्यमन्त्रीकाे टुंगो लाग्ने

कोशी प्रदेशमा आज मुख्यमन्त्रीकाे टुंगो लाग्ने


कोशी प्रदेशका मुख्यमन्त्रीकाे आज टुंगो लाग्दैछ। 

कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसका विद्रोही समुहका केदार कार्की दुवैले गरेको दावीमा आज टुंगो लाग्ने भएको हो। 

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन्। माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्।

आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ। सो समुहले आङ्बोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ। 

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थीतिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन्। जसअनुसार काेशीमा शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन्। 

Logo