ठगी आरोपमा अष्ट्रेलियामा २ नेपाली पक्राउ

ठगी आरोपमा अष्ट्रेलियामा २ नेपाली पक्राउ


ठगी आरोपमा अष्ट्रेलियामा रहेका २ नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराई रहेका छन् ।

उनीहरूलाई टेलोपियास्थित एक वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धालाई उनको बैंक खातामा समस्या आएको भन्दै ३ हजार डलर ठगी गरेको आरोप छ ।

पछि पुनः ५ हजार डलर माग गरेपछि पैसा लिन जाने क्रममा उनीहरू पक्राउ परेको नाइन् न्युज डटकमले लेखेको छ । उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लागेको छ ।

Logo