1
0
Shares

ज्योति मगरको तीज ब्याटल 'भेडा भर्सेज कोइली' सार्वजनिक (भिडियोसहित)

1
1
1

काठमाडौं ।

गायिका ज्योति मगरको तीज गीत भेडा भर्सेज कोइली सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिले आफैंले निर्माण गरेर यसलाई बजारमा ल्याएको हो।

हाम्रो मौलिक संस्कृती बिगार्नेहरुमाथि व्यंग्य प्रहार गर्दै उनीहरुलाई सचेत बनाउनका लागि निकालिएको प्रस्तुत गीत तीज ब्याटल हो ।

गीतमा लोकप्रिय गीतकार एवं संगीतकार करन न्यौपानेको शब्द संगीत अनि ज्योती मगर र नेत्र भण्डारीको आवाज रहेको छ । यसमा संगीत संयोजन बिपिन आचार्यले गरेका छन् ।

गीतको भिडियोलाई अशोक बिकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतमा अभिनय यसराज, नरेश, जेम्स , निरज , ज्योती, पुजन र रविनाले गरेका छन् । भिडियोमा अजय रेग्मीको छायांकन तथा रविन बिकको सम्पादन रहेको छ भने रंग श्याम कुँवरले भरेका हुन्। भिडियोमा :

 

प्रकाशित: १४ साउन २०७७ ०७:३२ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी