२० मंसिर २०७८ सोमबार

0 Shares

गाईजात्रा २०७७ विशेष : ५ कमेडियनको बेजोड हाँस्यव्यंग्य प्रस्तुति (भिडियोसहित)

काठमाडौं ।
यसवर्षको गाईजात्रा पर्व शुरु हुने दिन नजिकिंदैछ । हरेक वर्षझैं यस वर्ष पनि गाईजात्रा आए पनि मनाउँन भने विगत जस्तो सजिलो छैन । कोरोनाका कारण औपचारिक कार्यक्रम नगरि गाईजात्रा मनाउनु पर्ने अवस्था आएको छ । आगामी साउन २० गते गाईजात्राको मूख्य दिन भए पनि गाईजात्रा सप्ताह भने भोलिदेखि शुरु हुँदैछ ।

विगतमा सात दिनसम्म गाईजात्रालाई व्यंग्यात्मक रुपमा मनाउने गरेका कलाकारहरुलाई पनि यस वर्ष कोरोनाले प्रभाव बनाएको छ । उनीहरुले विगत जस्तो गरि खुलेर औपचारिक कार्यक्रम गर्न नपाउने भएका छन् । त्यसो त सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले पनि औपचारिक कार्यक्रम नगरि गाईजात्रा मनाउन अनुरोध पनि गरिसकेका छन् ।

यसपटक केन्द्रबिन्दु मिडिया हाउसमा नेपालका चर्चित हाँस्य कलाकारहरुले गाईजात्रा विशेष प्रस्तुति दिएका छन् । मनोज गजुरेल, राजा राजेन्द्र, सुबोध गौत्तम, विष्णुप्रसाद गौडेल (म्याक्सम) र सुमन कार्कीले हाँस्य प्रस्तुति दिएका छन् । के भने त उनीहरुले त्यस्तो ? हेरौं यो भिडियोमा

प्रकाशित: १४ साउन २०७७ १९:३९ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी