थुप्रै नेपाली तथा भोजपुरी गीतहरु गाएर दर्शकको मन जित्न सफल गायिका सेलिना कुँवरको आवाजमा नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘ह्यान्डसम पोइ’ बोलको तीज गीतमा अन्जली अधिकारीले ठुम्का लगाएकी छिन् ।
पछिल्लो समय बजारमा चल्दै आएका तीजका गीत भन्दा केहि फरक ढंगबाट दर्शकमाझ तीज गीत पस्कने प्रयास सेलिनाले गरेकी छिन् । जसले दर्शकदीर्घाबाट निकै राम्रो प्रतिक्रिया पनि पाईरहेको छ ।
सार्वजनिक गीतमा अर्जुन पौडेलको शब्द र सन्तोष राजको संगीत रहेको छ । त्यसैगरी गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । सन्तोष राजबाहकको कोरियोग्राफीमा अन्जलीसँगै अन्य कलाकारहरु कमल सिंह र सुनिल गुरुङले पनि नाचेका छन् ।
‘ए–वन म्युजिसियन स्टुडियो’मा रेकर्ड गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मा किशोर थापाले सम्हालेका छन् ।
गीतलाई ‘बास म्युजिक नेपाल’को अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित: २१ साउन २०७७ १८:४३ बुधबार