प्राइम कमर्सियल बैंकको तेह्रौं वार्षिक साधारण सभा

प्राइम कमर्सियल बैंकको तेह्रौं वार्षिक साधारण सभा


काठमाडौं ।
प्राइम कमर्सियल बैंकले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले बुधबार आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।

सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने गरी तेह्रौं वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्ना शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको एक विज्ञप्ति मार्फत जनाएको छ ।

Logo