1
0
Shares

एलिजा र दुर्गेशको अभिनयमा ‘घाँसको माया गाईलाई’ सार्वजनिक (भिडियो)

1
1
1

पछिल्लो समय एकपछि अर्को हिट म्युजिक भिडियोहरु दर्शकमाझ पस्केकी नायिका तथा मोडल एलिजा गौतमको फेरि अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘घाँसको माया गाईलाई’ बोलको गीतको म्युजिक भिडियोमा एलिजालाई गायक तथा मोडल दुर्गेश थापाले साथ दिएका छन् ।

५ मिनेट १३ सेकेण्डको उक्त गीतमा चर्चित गायक राजनराज सिवाकोटी र गायिका रेखा ढुंगाना कटुवालको आवाज रहेको छ ।

गीतमा राजेन्द्र थापाको शब्द रहेको छ भने गायक राजनराज सिवाकोटीकै संगित रहेको छ । त्यस्तै आमोस तामांगको एरेन्ज रहेको उक्त गीतमा श्यामस्वेत रसाईलीको मिक्सिङ–मास्टरिङ रहेको छ ।

शिव विकको निर्देशन रहेको भिडियोमा कोरियोग्राफर पनि शिव नै छन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।

गीतलाई ईनाक्षी ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित: २५ भदौ २०७७ १६:३३ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी