२ जेठ २०७९ सोमबार
1
1
1
1

नायक आकाश र नायिका एलिजा पहिलो पटक 'सानु' मा (भिडियोसहित)

1
1
1
1
1
1

काठमाडौं ।

नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोकदोहोरी गीत “सानु” मार्फत स्क्रिनमा देखिएका छन् ।

डिएआर मुभिजले बजारमा ल्याएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मी कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो ।

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ । गीतले लोकदोहोरी क्षेत्रमा नयाँ पुस्ता र पुरानो पुस्ता बिचको सम्बन्ध थप बलियो बनाउन मद्दत गर्ने देखिन्छ ।

नायक आकाश र नायिका एलिजाले सँगै काम गरेको यो पहिलो गीत हो भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोकदोहोरी हो ।

गीतमा छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

लोकदोहोरी क्षेत्रका अग्रज गायक घमेश दुलाल र अन्जु पन्तको स्वरमा रहेको लोकदोहोरी गीत “भुल” पनि चाडैनै दर्शक माझ आउने डिएआर मूभिजका संचालक सदस्य राजाराम गौतमले जानकारी दिए । गीत डिए आर मूभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियो :

 

 

प्रकाशित: ६ असोज २०७७ १७:२६ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी