कोरोना अपडेटः विश्वभर संक्रमित २१ लाख ८४ हजार, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो

कोरोना अपडेटः विश्वभर संक्रमित २१ लाख ८४ हजार, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो


काठमाडौं ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।

अमेरिकामा ६ लाख ७८ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३४ हजार ५०० भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार १७४ जनाको मृत्यु भएको थियो ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार भन्दा बढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ६८ हजार ५०० नाघेको छ । स्पेनमा भने १९ भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ८४ हजार ५०० नाघेको छ ।

कोरोना भाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १७ हजार ९२० जना र बेलायतमा १३ हजार ७२९ जनाको मृत्यु भएको छ । बेल्जियममा ४ हजार ८५७ जना, जर्मनीमा ४ हजार ९३ जना, नेदरल्यान्ड्समा ३ हजार ३१५ जना, स्वीट्जरल्यान्डमा १ हजार २८१ जना, स्वीडेनमा एक हजार २३३ जना र आयरल्यान्डमा ४८६ जनाको मृत्यु भएको छ ।
रासस/एपी/एएफपी

Logo