1
0
Shares

अञ्जली अधिकारी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

1
1
1

काठमाडौं ।

अमेरिकामा बस्दै आएका गायक कृष्ण बुढाथोकीको लोकदोहोरी गीत ‘जादु रैछ मायाको बोलीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र महेन्द्र गौतमले अभिनय गरेका छन् ।

गलबन्दी गीतबाट चर्चामा आएकी अञ्जलीको धेरैपछि गलबन्दी गीतलाई बिर्साउने जादु रैछ मायाको बोलीमा रिलिज भएको हो । त्यस्तै भिडियोमा परम्परागत गाउँले भाषा बोलेर चर्चामा आएका कुलबहादुर ओलीले पनि अभिनय गरेका छन् ।

म्युजिक भिडियोले खास गरि गाउँघरमा हुने नाँचगान, रातभर गाउँघरमा हुने दोहोरी र दोहोरीमै बस्ने माया प्रेमलाई प्रस्तुत गरेको छ । गाउँघरमा युवायुवती रातभरि दोहोरी गाउने र दोहोरीमा हारजित भए विहे गर्ने परिपाटीलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ ।

कृष्ण बुढाथोकीकै लय तथा शब्द रहेको गीतमा कमला पोख्रेलले आवाजमा साथ दिएकी छिन् । भिडियोलाई वीरेन्द्र भाटले छायांकन गरेका छन् भने ललित केसीले निर्देशन गरेका हुन् । भिडियो :

प्रकाशित: १४ असोज २०७७ १७:०२ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी