२० मंसिर २०७८ सोमबार

0 Shares

कृष्ण र पवनको आवाजमा दशैँ-तिहार गीत (भिडियो)

नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दसैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

दसैँ र तिहारको मर्म बोकेको गीतमा दसैँ र तिहारमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ । आफ्नो घरपरिवारबाट टाढा रहदाँ चाडपर्वमा महसुस गर्ने पिडालाई गीतमा दर्साइएको छ ।

गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको सङ्गीत रहेको छ । गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ ।

भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ । भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् ।

प्रकाशित: ८ कात्तिक २०७७ १३:५३ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी