११ असार २०७९ शनिबार
1
1
1
1

गायिका रेखा शाहको ‘एक दिन तिमी फर्की आउनेछौ’ सार्वजनिक (भिडियो)

1
1
1
1

काठमाडौं ।

निकै नै चर्चित ‘सिमसिमे पानीमा…’ बोलको गीतबाट परिचय बनाएकी गायिका रेखा शाहले ‘एक दिन तिमी फर्की आउनेछौ’ बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् । शाहले आफ्नै युट्युव च्यानलमार्फत म्युजिक भिडियोसहित उक्त गीत सार्वजनिक गरेकी हुन् ।

सुगम पोख्रेलको संगीत र भूपेन्द्र खड्काको रचना रहेको उक्त गीतमा सुजिल कर्माचार्यको संगीत–संयोजन रहेको छ भने, नितिन चन्दले भडियोको निर्देशन गरेका छन् । गीतको भिडियोमा गायिका शाहकै अभिनय देख्न सकिन्छ ।

आफ्नै स्वर अनि आफ्नै अभिनयमा नयाँ सांगीतिक कोशेली पस्किएकी शाहले जीवनमा गायन आफ्नो परिचय र जीवनशैली भएको अनि अभिनय त्यसको संस्थागत गर्ने माध्यम रहेको बताइन् । रुपेश थापाको छायांकन र सविश जोशीको सम्पादनमा तयार भिडियोलाई काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो । भिडियो :

प्रकाशित: २१ कात्तिक २०७७ १२:३३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी