कला प्रदेश ३

पल शाहसँग प्रिज्मा र प्रिन्सीको रोमान्स (भिडियो)

15 Shares

काठमाडौं ।

अभिनेता पल शाह अभिनित नयाँ गीत सार्वजनिक भएको छ। ‘नेपाल गए कपालसँगै’ बोलको गीतमा बाबुल गिरिको स्वर, शब्द, संगीत र एरेन्ज सुन्न सकिन्छ । गीतमा बाबुल गिरिका साथमा वसन्ती लामाको आवाज रहेको छ ।

सुरेन्द्र मल्लले निर्देशन गरेको भिडियोमा पल शाहसँग ट्विनी गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको रोमान्स रहेको छ । गीतमा हास्यकलाकार यादव देवकोटा (सरापे) लगायतका कलाकारहरूको समेत अभिनय रहेको गीतको भिडियो केन्द्र मोसन पिक्चर्समार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई गम्भीर बिष्टले कोरीयोग्राफ गरेका हुन् । चक्र बहादुर बरालले खिचेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन् । भिडियो :

 

प्रकाशित: ५ मंसिर २०७७ १७:३६ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी