कला प्रदेश ३

कृष्ण कँडेल र मनमायाको घम्साघम्सी दोहोरीमा रुक्मांगतदेखि बुद्ध लामासम्म (भिडियो)

15 Shares

काठमाडौं ।

इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेल र मनमाया वाइवाले एसएस स्टडीज सेन्टरको कार्यक्रममा लोकदोहारी गीत गाएका छन् । शनिबार बागबजारस्थित हार्दिक होटलमा एसएस स्टडीज सेन्टरको विशेष अन्तर्क्रिया कार्यक्रममा इन्द्रेणीको टोलीले मनोरन्जन दिनको लागि कृष्ण कँडेल र मनमायाले दोहोरी गएका थिए ।

एसएस स्टडीज सेन्टरले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउनको लागि शैक्षिक परार्मश तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपालमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल, पत्रकार ऋषि धमला, हास्यकलाकार सन्दीप क्षेत्री, क्यापटेन विजय लामा, कलाकार बुद्ध लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई उत्प्रेरणा दिनको लागि बोल्ने वक्ताहरुले नेपाल राष्ट्र र राष्ट्रियताको विषयमा बोलेका थिए । सबैले राष्ट्रियताको विषयमा एक ढिक्का भएर सबै नेपाली लाग्नु पर्ने जोड दिएका छन् ।

प्रकाशित: १० माघ २०७७ १९:५५ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी