पोखराकी एलिना गुरुङ पहिलो नेपाल स्टार बनेकी छन् । ‘नेपाल स्टार’ सिङगिङ रियालिटी शोको शनिबार भएको फाइनलमा एलिना विजयी भएकी हुन् ।
गुरुङले ३५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन् । वाइ वाइ मुख्य प्रायोजक रहेको नेपाल स्टार करिब एक वर्षअघि सुरु भएको थियो ।
कोरोना महामारीका कारण रोकिएको शोले एक वर्षपछि विजेता पाएकाे हाे । कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त थिए ।
प्रकाशित: १८ माघ २०७७ ०९:३० आइतबार