कला प्रदेश ३

डा शिव सुवेदीको ‘अभागी त म हुँ’ बजारमा (भिडियो)

15 Shares

काठमाडौं ।

भन्दिन म सम्झिन्नौ किन, तिमीलाई फुर्सद चाहिन्छ सम्झिनँ ।

यी शब्द हुन् लोकदोहोरी गीत ‘अभागी त म हुँ’ मा समेटिएका हरफहरु । कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा ‘अभागी त म हुँ’ यतिबेला बजारमा छ।

डा शिव सुवेदीको शब्द तथा संगीतमा तयार पारिएको गीतमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय रहेको छ।

गीतलाई कलाकार तथा निर्देशक विनोद भण्डारीले निर्देशन गरेका हुन् । गीतमा मायालुलाई बाध्यताले छोड्नु परेको भावलाई समेटिएको छ । एक अर्काबीच माया हुँदा हुँदै पनि बाध्यताले छुट्टिन परेको कथालाई सेञ्चुरी र गुरुङले अभिनयमार्फत उतारेका हुन् ।

पछिल्लो समय गीत लेखन र संगीतमा सर्जक डा सुवेदी निकै चर्चित र लोकप्रिय छन् । ०६५ सालमा घाम जस्तो चम्किलो जुन हुँदैन पछिका उनका गीत सबै लोकप्रिय बनेका छन् । निर्देशनमा आफ्नो दख्खल सावित गराउन सफल भण्डारीले निर्देशन गरेका कपालु कोरेर, आफ्नोपन लगायतका गीतले दर्शकश्रोताले अत्यधिक माया पाएका छन् ।

सेञ्चुरी गीत–संगीतका हरेक विधामा सफल मानिएका कलाकार हुन् भने यस गीतमा स्वर भरेका कुशल बेलबासे लामो समयदेखि प्रत्यक्ष दोहोरीमा जमेर बसेका गायक हुन् त्यसैगरि गायिका परियारले पनि आफ्नो मीठो स्वरले श्रोताको मन जीतेकी छिन् ।

शिव सुवेदीको युट्युवबाट आएको गीतलाई गुल्मीमा जन्मेर लामो समयदेखि फिनल्याण्डमा बसिरहेका नविन रुक्मिणी भट्टराईले प्रस्तुत गरेका छन् । नविन आफैंमा पनि गायक हुन् । उनका तिम्रै झल्को दियो, आमा, नसोध कसैले लगायतका गीत बजारमा आइसकेका छन् ।

प्रकाशित: २० माघ २०७७ १२:१७ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी