काठमाडौंमा कांग्रेसको प्रदर्शन, पार्टी झण्डा बोकेर सरकारी कर्मचारी विरोधमा

काठमाडौंमा कांग्रेसको प्रदर्शन, पार्टी झण्डा बोकेर सरकारी कर्मचारी विरोधमा


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । पार्टीले सुरु गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन मंगलबार कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या लगायतका विषयलाई उठान गर्दै कांग्रेसले प्रदर्शन गरेको हो । कांग्रेसले ७७ वटै जिल्लामा सरकारको विरोधमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

कांग्रेसको आन्दोलनमा सहभागी सरकारी शिक्षिकासहित कांग्रेस कार्यकर्ता ।

काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । कांग्रेसको विरोध प्रदर्शनमा सरकारी कर्मचारी पनि पार्टीको झण्डा बोकेर सहभागी भएका थिए ।

Skip This
Logo