२० मंसिर २०७८ सोमबार

0 Shares

'छाडी गए आमा तिमीलाई' म्युजिक भिडियो सार्वजनिक

गायक तथा सगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा रहेको गीत ‘छाडी गए आमा तिमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको उक्त गीत गीतकार सन्देश सोङमेन राईको शव्द हो । गीतकार राईले दुर्घटनामा परेर ज्यान गुमाएका आफ्नो दाजुको स्मृतिमा उक्त्त गीत गीति एल्बम ‘समर्पित’ मा संग्रहित छन् ।

गीतकार राईका दाजु रघुबीर सोङमेनको ११ वर्षअघि झापामा दुर्घनामा परी निधन भएको थियो । उनैलाई समर्पित गर्दै बजारमा ल्याइएको एल्बममा संग्रहित ‘छाडीगएँ आमा तिमीलाई’ बोलको मुख्य गीत अब दर्शकले दृश्यमा पनि हेर्न सकिनेछ ।

परि सिने संगीत प्रालिले बजारमा ल्याएको उक्त्त भिडियो प्रालिका अध्यक्ष भूवन सुप्तीहाङ राईले अमेरिकाबाटै सार्वजिनक गरेका हुन् । राई पछल्लो समय सांगितिक कामको शिलशिलामा अमेरिकामा छन् ।

प्रकाशित: २६ फागुन २०७४ १०:०४ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी