सुरसाधनाको १४ औं श्रृंखलामा गायिका अञ्जु गौतमको दमदार प्रस्तुति

सुरसाधनाको १४ औं श्रृंखलामा गायिका अञ्जु गौतमको दमदार प्रस्तुति


काठमाडौं,

साँस्कृतिक संस्थानद्वारा मासिक रुपमा आयोजना हुँदै आएको सुरसाधनाको १४ औं श्रृंखलामा गायिका अञ्जु गौतमले दमदार प्रस्तुति दिइन् । कार्यक्रममा अञ्जुले विरह चल्ने न्याउली चरी, कोशीको तिरमा , फूलको थुंगा, धनकुटा हिले, झम्के मायालु लगायत ९ वटा गितहरु प्रस्तुत गरिन् ।

लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक जगत मर्दन थापा, संगितकार शक्ति वल्लभ, गायक शम्भु राई, गायिका कविता आले लगायतको उपस्थिती रहेको थियो । एकल गायनमा निकै उत्साहित देखिएकी गायिका गौतमलाई उपस्थित सबैले सम्भावना भएकी गायिका भन्दै प्रशंसा गरेका थिए ।

Skip This
Logo