सनराइजबैंकको नयाँ शाखा सिमरामा

सनराइजबैंकको नयाँ शाखा सिमरामा


सिमरा,

बाराको सिमरामा सनराइज बैंकले आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ । आइतबार सिमराको एयरपोर्ट रोडमा शाखाको औपचारिक उद्घाटनसँगै एटिएम सेवा समेत सुरु गरेको हो । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उदेश्यले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको छ ।

बैंकले सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको हो । आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यलयका निर्देशक राजन बिक्रम थापा तथा सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस बैँकले बिशेषगरी कृषी कर्जा र लगानीलाई प्राथमिकतामा राखी अन्य बैँकको तुलनामा फरक आधुनिक ढंगबाट सेवा दिने बताए । उनले अन्य बैँकलाई ताराको रुपमा संज्ञा दिँदै आफुलाई सुर्यको रुपमा स्थापित गर्न सोही अनुसार सेवा दिने प्रतिबद्धता जनाए ।

हालसम्म सनराइज बैंकले शाखा संख्या ११४ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Logo