जागरण अभियान कांग्रेसको ‘ट्याबलेट’ हो- विश्वप्रकाश शर्मा

जागरण अभियान कांग्रेसको ‘ट्याबलेट’ हो- विश्वप्रकाश शर्मा


नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियान नेपाली कांग्रेसका लागि  ‘ट्याबलेट’ सावित भएको बताएका छन् ।  प्रवक्ता शर्माले भने, “काङ्ग्रेसको रुपान्तरणका लागि जागरण अभियान पनि एउटा ट्याबलेट हो।”

चितवनमा  सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले अभियान काङ्ग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए।  जागरण अभियानमार्फत्  काङ्ग्रेसले गति लिएको भन्दै उनले थपे, “काङ्ग्रेसको गाडी स्टार्ट भयो। हिजो ड्राइभरहरु मात्रै कुदेको देखिन्थ्यो। अब गाडी स्टार्ट भएको छ दोस्रो चरणमा पुग्दा गाडी राजमार्गमा आउँछ र तेस्रो चरणमा पुग्दा गति लिन्छ।”

अभियानका क्रममा आम जनतामा नैरास्यता मात्रै पाएको बताउँदै उनले देशलाई समृद्ध बनाउँदै लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने दाबी गरे ।

Logo