अर्जुन रामपालको प्रेमीका विवाह अघि नै गर्भवती

अर्जुन रामपालको प्रेमीका विवाह अघि नै गर्भवती


एजेन्सी । बलिउड अभिनेता अर्जुन रामपाल तेस्रो पटक बुवा बन्दैछन् । केही समय अघि अर्जुनले आफ्नो साउथ अफ्रिकन प्रेमिका गैब्रिएलासँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए ।

अहिले उनले गैब्रिएला गर्भवती भएको कुरा इन्स्टाग्राम मार्फत जानकारी दिएका छन् । रामपालले इन्स्टाग्राममा आफ्नो प्रेमिकाको ‘बेबी बम्प’, देखिएको एउटा तस्विर सार्वजनिक गर्दै लेखेका छन् ‘थ्यांक्यू बेबी फर दिस बेबी ।’

अर्जुनले तस्विर सार्वजनिक गरेसँगै उनीहरुलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ । उनले आफ्नो श्रीमती जेसियासँग करिब १ वर्ष अघि डिर्भोस गरेका थिए । उनीहरुले विवाह भएको २० वर्ष पछि डिर्भोस गरेका हुन् । अर्जुन र जेसियाको २ जना छोरी समेत छन् ।

डिर्भोस भएको केही दिनमा नै अर्जुनले गैब्रिएलालाई डेट गर्न सुरु गरेका थिए । गैब्रिएला विवाह अघि नै गर्भवती भएता पनि हालसम्म उनीहरुको विवाहको भने कुनै खुलासा गरिएको छैन् ।

Logo