निर्देशक रेनेशा र प्रेमि प्रज्जवलले गरे इन्गेजमेन्ट

निर्देशक रेनेशा र प्रेमि प्रज्जवलले गरे इन्गेजमेन्ट


चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशकको रुपमा डेब्यु गरेकी रेनेशा वान्तवा राईले इन्गेजमेन्ट गरेकी छन् । रेनेशाले आईतबार चलचित्र निर्माता प्रज्वल शमशेर जबरासँग इन्गेजमेन्ट गरेकी हुन् । उनीहरु लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

रेनेशा र प्रज्वल यहि बैशाख २४ गते विवाह बन्धनमा बाधिदैछन् । उनीहरुले केही साथीभाई र परिवारको जमघटकाबीच इन्गेजमेन्ट गरेका हुन् ।

‘इन्टु मिन्टु लण्डन’ मा पछि वान्तवा चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्दैछिन् । चलचित्र निर्देशन बाहेक रेनेशा कोरियोग्राफीमा समेत आवद्ध रहेकी छन् ।

Logo