‘वर्ल्ड ह्याप्पीनेश रिपोर्ट’ सार्वजनिक भएको छ । "/>

नेपालीहरु कति खुशी ? भारत नेपालभन्दा ४० स्थान पछि

नेपालीहरु कति खुशी ? भारत नेपालभन्दा ४० स्थान पछि


काठमाडौं । नेपालीहरु कति खुशी छन् ? यसको सहजै जवाफ दिन मुस्किल पर्छ । र खुशी कस्तोलाई मान्ने भन्ने पनि गम्भीर प्रश्न हो । तर खुशीको आँकलन गरिएको प्रतिवेदन ‘वर्ल्ड ह्याप्पीनेश रिपोर्ट’ सार्वजनिक भएको छ ।

प्रतिवेदन अनुसारमा विश्वका विभिन्न देश मध्ये नेपाल १०० खुशी देशको स्थानमा परेको छ । नेपाली भन्दा अरु ९९ देशका नागरिक बढी खुशी छन् ।

प्रतिव्यक्ति आय, सामाजिक सुरक्षा, स्वस्थ जीवनप्रत्यासा, छनौटको स्वतन्त्रता, उदारता, देशमा रहेको भ्रष्टाचारको अवस्थासहितका पक्षलाई विश्लेषण गरि प्रतिवेदन तयार भएको हो ।

प्रतिवेदन अनुसार विश्वमा सबैभन्दा खुशी फिनल्याण्डका नागरिक छन् । त्यसपछि डेनमार्क, नर्वे, आइसल्याण्ड, नेदरल्याण्डस, स्वीट्जरल्याण्ड, स्वीडेन, न्युजिल्याण्ड, क्यानडा र अष्ट्रिया छन् । ११ औँ स्थानमा अस्ट्रेलिया रहेको छ भने अमेरिका १९ औँ स्थानमा छ ।

यो सूचिको सबैभन्दा पुछारमा दक्षिण सुडान (१५६ औँ स्थान) छ । सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जिनिया, रुवाण्डा, यमन, मालावी, सिरिया, बोट्स्वाना, हाइटी, जिम्बाबे पनि बेखुशी देशमा परेका छन् ।

सार्क राष्ट्रहरुमा सबैभन्दा खुशी पाकिस्तानी र भुटानी नागरिक देखिएका छन् । पाकिस्तान ६७ औं स्थानमा रहँदा भुटान ९५ औं नम्बरमा छन् । त्यसपछि सबैभन्दा बढी नेपालीहरु खुशी देखिएका छन् । छिमेकी भारत नेपालभन्दा धेरै पछाडि १४० औं स्थानमा छ ।

त्यस्तै बंगलादेश १२५ औं, श्रीलंका १३० औं स्थानमा परेका छन् । सार्क राष्ट्रहरुमा भारतभन्दा पछाडि १५४ औं स्थानमा अफगानिस्तान रहेको छ ।

Photo: borgenmagazine.com

Logo