विप्लव नेतृत्वको नेकपाका नेता भन्छन्– ‘प्रतिबन्धको प्रतिवाद गर्छौ’

विप्लव नेतृत्वको नेकपाका नेता भन्छन्– ‘प्रतिबन्धको प्रतिवाद गर्छौ’


काठमाडौं

सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गरिने बताएको छ ।

विप्लव नेतृत्वको नेकपाका नेता जीवन्तले कुराकानीमा यो सरकारले लगाएको प्रतिबन्धको राजनीतिक रुपले भण्डाफोर र प्रतिवाद गरिने बताए ।

उनले यो प्रतिबन्ध जनताले लडेर ल्याएको सीमित अधिकार पनि खोस्ने षढयन्त्र भएको भन्दै त्यसको ढटेर सामना गरिने उल्लेख गरे ।

यो प्रतिबन्ध विप्लव निकट नेकपामाथिको प्रतिबन्धमात्रै नभएर परिवर्तनको पक्षमा बोल्ने, राष्ट्रवादी, देशभक्त र परिवर्तनकामी शक्तिमाथि दमनको दुष्चक्र चलाउने र राष्ट्रघाती, देशद्रोही र विखण्डनकारी शक्तिलाई मलजल गर्ने कदम भएको आरोप लगाए ।

उनले कुनै पनि राजनीतिक पार्टीलाई आपराधिक संगठनको दर्जा दिन प्रजातन्त्र माथिकै लज्जाको विषय भएको उनले बताए । सरकारको यो कदमको विप्लव माओवादीले लिखित रुपमै धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए ।
राजधानीबाट

Logo