यो हाम्रो अन्तिम लडाई होः राहत शिक्षक (भिडियोमा)

यो हाम्रो अन्तिम लडाई होः राहत शिक्षक (भिडियोमा)


काठमाडौं । विगत १५ वर्षदेखि विद्यार्थीको भविश्व निर्माणमा लागेका राहत तथा बाल विकास शिक्षकहरुको भविश्य नै यतिबेला धरापमा छ । देशमा संकट परेको न्यून सेवा सुविधामा अध्यापन गराएका उनीहरु अहिले आफ्नो भविश्व निर्माणकै लागि भन्दै लागिपरेका छन् ।

राज्यले शिक्षा नीति नै परिर्वतन गराएर उनीहरुलाई घर फर्काउने प्रयास गरिरहेको छ । तर उनीहरु आफ्नो स्थायीत्वमा माग राख्दैं काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

यत्रो वर्षसम्म राज्यलाई सेवा गरेको तर अहिले आएर रित्तो हात घर फर्काउने षड्यन्त्र भईरहेको भन्दै ४० हजार राहत शिक्षक, ३६ हजार बाल विकास शिक्षक लगायतले काठमाडौंमा आन्दोलन थालेका हुन् ।

आखिर उनीहरुको आन्दोलन के र कसका लागि हो ? यसको औचित्य के हो ? भन्ने लगायतका विषयमा केन्द्रबिन्दुकर्मी कृष्णसिंह धामीले नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नविन सिंह धामीसँग् कुराकानी गरेका छन् ।

Logo