इटहरीकी रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आइकन’

इटहरीकी रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आइकन’

केन्द्रबिन्दु
210
Shares

इटहरी । पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् ।

इटहरीको लायन्स क्लबमा शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ उपस्थित थिइन् ।

श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् ।

यस्तै, झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।

यस्तै, सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।

ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।

Logo