प्रधानमन्त्रीको दावी, ‘अब बोर्डिङ स्कूल आफैं खाली हुन्छन्’ (भिडियोमा)

प्रधानमन्त्रीको दावी, ‘अब बोर्डिङ स्कूल आफैं खाली हुन्छन्’ (भिडियोमा)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको विद्यालयमा जानै नपर्ने गरी सरकारी विद्यालयको गुणस्तरमा वृद्धि गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको गुणस्तर वृद्धि हुने वित्तिकै निजी क्षेत्रको विद्यालय आफैं हटेर जाने स्पष्ट पारे ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षा नीतिसम्बन्धि प्रतिवेदन बुझ्दै उनले सरकार निजी क्षेत्रको विद्यालयलाई प्रतिबन्ध लगाउने पक्षमा नरहेको बताए । सरकारी विद्यालय गुणस्तरीय बनेपछि निजी विद्यालय कोही पनि नजाने प्रधानमन्त्री ओलीको बुझाई छ ।

Logo