मलेशियामा ‘इन्टरनेशनल ईपो फेसन विक’ सम्पन्न

मलेशियामा ‘इन्टरनेशनल ईपो फेसन विक’ सम्पन्न


मलेशियामा ‘इन्टरनेशनल ईपो फेसन विक सिजन २’ सम्पन्न भएको छ । गत नोभेम्बर ९ देखि ११ सम्म कार्यक्रम आयोजना भएको हो ।

उक्त फेसन सप्ताहमा अमेरिका, भारत, मलेशिया, सिंगापुर, भेयतनाम, चीन, नेपाल, इन्डोनेसिया लगायतका करिब ७० वटा देशका मोडल तथा डिजाईनरहरु सहभागी भएका थिए । नेपालको प्रतिधिनित्व गर्दै नेपाल फेसन महासंघबाट टिपाज कलेक्शनका डिजाईनर प्रेम देव उक्त कार्यक्रममा सहभागी भएका थिए । यो फेसन विकमा डिजानर तथा मोडलहरुले आ आफ्नो डिजाइन प्रस्तुत गरेका थिए । नेपाल फेसन महासंघले उनको डिजाईन र काम मन पराएर नै उनलाई नेपालको प्रतिनिधित्व गरेर सो कार्यक्रममा पठाएको देवले जानकारी दिए ।

विभिन्न देशका डिजाइनरलाई आ–आफ्नो देशको ड्रेस तथा डिजाइनहरु सबै सामु प्रस्तुत गर्ने माध्यम मिलेको देवको भनाई छ । साथै उनको हौसला बढाउनको लागि नेपालबाट फेसन फेडेरेशनका निर्देशक नबिन लुईटेल, प्रमोटर दिपक न्यौपाने र सचिव राजन ढुंगेल फेसन विक लागि मेलेशिया पुगेका थिए ।

‘मैले यो कार्यक्रमबाट नयाँ नयाँ कुरा सिक्ने मौका पाए । मलेशियाको कार्यक्रम गर्ने शैली, त्यहाँको परम्परा, डिजाइनहरु सबै फरक भएको पाँए ।’ उनले भने ।

‘म याज अ डिजाईनर मेलिशिया फेसन विकबाट फर्केपछि मलाई नेपालको फेसनको उचाई बढछ भन्ने विस्वास लागेको छ ।’ उनले थपे ।
उनले फेसन विकमा ‘मोडर्न मिथिला’को नाम दिएर मिथिलाको थिम प्रस्तुत गरेको थिए । यो कार्यक्रमले गर्दा कुन देशमा कुन डिजाइनको ड्रेस चलिरहेको छ, कसलाई कस्तोे डिजाइनको ड्रेस मनपर्छ त्यो थाहा पाउने मौका मिलेको देवले बताए ।

 

Logo