काठमाडौँ

चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ । "/>

चोभारको सुक्खा बन्दरगाहबाट लगानी फिर्ता जाने संकेत

चोभारको सुक्खा बन्दरगाहबाट लगानी फिर्ता जाने संकेत


काठमाडौँ

चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ । उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ सरकारले चासो नदेखाएको भन्दै विश्व बैंकले लगानी फिर्ता सहित हात झिक्ने तयारी गरेको हो । सुक्खा बन्दरगाह निर्माणका लागि दुई ठेकेदार छनोट गरी भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउनै लाग्दा सरकारले एक्कासी निर्माण प्रक्रिया स्थगित गरेको थियो ।

गत साउन ३० गते प्रधानमन्त्री केपी ओलीले शिलन्यास गर्ने कार्यक्रम तय भएको थियो । तर अघिल्लो राति एक्कासी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यक्रम स्थगित गरेको थियो । चोभार संरक्षण समिति सहित विभिन्न पहुँचवाला समूहले प्रधानमन्त्री ओली तथा विभागीय मन्त्री मात्रिका यादवलाई बुझाएको ज्ञापनपत्र र ‘दबाब’ का आधारमा उक्त परियोजना शिलान्यास अन्तिम समयमा आएर स्थगित भएको बताइएको छ ।

शिलन्यास कार्यक्रम स्थगित भएपछि विश्व बैंकले सरकारी निकायसँग छलफल गरी चिन्ता व्यक्त गरिसकेको छ । आयोजनाको प्रगति समीक्षाका क्रममा विश्व बैंकले चोभारमा देखिएको समस्याबारे चासो व्यक्त गरेको थियो । सरकारले मंसिर १४ गते सम्म देखिएका समस्या समाधान गर्ने आश्वासन दिए पनि ठोस निकास अहिलेसम्म निकालेको छैन । बन्दरगाह निर्माणका लागि विश्व बैंकले दुई अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबर ऋण सहयोग उपलब्ध गराएको छ ।
अन्नपूर्णबाट

Logo